विभिन्न अपराधमा संलग्न १९ जना पक्राउ
प्रहरीले देशभरीबाट विभिन्न अपराधमा संलग्न १९ जनालाई पक्राउ गरेको छ ।
जवर्जस्ती करणी, आगजनी, लागुऔषध कारोबार, घुस र आर्थिक प्रलोभनको आरोप लागेका १९ जनालाई पक्रेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार जबरजस्ती करणी गरेको अभियोगमा बाजुराको त्रिबेणी नगरपालिका ८ का ५८ वर्षिय राम बहादुर गिरीलाई पक्राउ गरेको छ । उनले जंगलमा घांस काट्न गएकी सोही ठाउकी ४० वर्षिया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ ।
त्यस्तै, २१ केजी अबैध लागूऔषध चरेश सहित काठमाडौ प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । मकवानपुर थाहा–११ घर भई कलंकी बस्ने रामकुमार मोक्तान, नैकाप बस्ने रमेश कुमार मोक्तान, सुकाराम गोले र कामनपा–१४ वस्ने २४ वर्षिय राजेन्द्र गोलेलाई प्रहरीले पक्राउ गरेको छ । pउनीहरुलाई ९ फागुनको बेलुका लाजिम्पाटबाट पक्राउ गरीएकाे प्रहरीले जानकारी दिएकाे छ ।
लागूऔषध फेनारगन, नुर्फिन र डाईजेल्याप सहित गोकर्णेश्वर ६ बस्ने रामेछापका सुजन मगर र उनका भाई सुरेश मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको कोठाबाट ४१ एम्पुल लागूऔषध १९ थान मोवाईल सेट र विभिन्न कार्यालयका छाप तथा कागजपत्रसमेत फेला पारेको छ ।
बैदेशिक रोजगारीमा पठाउने बाहनामा ५ लाख रुपैयाँ घुस लिएको अभियोगमा रामेछाप दोरम्बाका रबिन्द्र योञ्जन र पर्बत चुमलुङका सन्तोष बिक पनि पक्राउ परेका छन् । उनीहरुले माछापोखरीस्थित फर्स सेक्युरिटीबाट बैदेशिक रोजगारीमा पठाउने भन्दै घुस लिएको प्रहरीको आरोप छ ।
मोटरसाईकलमा आगजनी गरको अभियोगमा सर्लाहीमा २ जना पक्राउ परेका छन् । बाग्मती नगरपालिका ४ का अशोक लामा र विशाल डंगोललाई सोही ठाउँको भित्री सडकमा राखेको ना.६३ प ६८७५ नम्बरको मोटरसाईकलमा आजगनी गरी तीन जनालाई कुटपिट गरेको आरोप छ ।
प्रहरीले काठमाडौं बालाजुबाट जुवातास खेल्ने ७ जनालाई पनि पक्रेको छ । बाईपासस्थित फुर्वा दोर्जेको ग्रोजमा जुवातास खेलिरहेका सुनिता मोक्तान सहित ७ जनालाई रु ३८ हजार र तास सहित पक्राउ गरेको जनाएको छ ।
प्रहरीलाई नै आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै कलंकीबाट सर्लाही मलंगवाका शिवनाथ पटेललाई पनि प्रहरीले पक्राउ गरेको छ । जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरेका पटेलले प्रहरीलाई १ हजार दिएर आर्थिक प्रलोभनमा पार्न खोजेको भनिएको छ ।