पशुपति शर्माको गीतबारे प्रधानमन्त्रीले भने– जनताले मन नपराएपछि आफैं हटाए
पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’बारे प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रमक प्रतिक्रिया दिएका छन् ।
आज सुदूरपश्चिमको प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले मन नपराएपछि गीत यूट्यूबबाट हटाउन बाध्य भएको बताएका हुन् ।
प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने “भावनामा बगेर गीत गाएछन्, जनताले रुचाएनन् अनि आफैं हटाए ।”
उनले भने– “हामी नचाहिने कुरामा उत्ताउलो हुन्छौं । एउटाले भुलचुकमा गीत बनायो रे कता हो कता । लुट, लुट । गरी खाएर केही काम लाग्दैन । लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन् । जनताले यस्तो गीत भएन भनेपछि आफैं हटाए रे ।”