ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु
पर्वतको विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मङ्गलबार उरामको हाडीखर्कमा ध १ च ३१५ नंको ट्याक्टर दुर्घटना हुँदा स्थानीयवासी पदमबहादुर नेपाली र विक्कु केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ ।
नेपालीको घटनास्थलमै तथा केसीको उपचारका लागि स्याङ्जा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।
ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको तिवारीले बताए । - रासस