न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् ।
जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादकाबीच उनले सर्वोच्च अदालतमा काम गरिरहेका थिए ।
जोशीको कार्यकाल आगामी जेठसम्म रहेपनि जबरा प्रधानन्यायाधीश नियुक्त भएसँगै न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएपछि उनी बिदामा बसेका थिए ।