आईफोन ७ को शुरुवाती मूल्य ९१ हजार
एप्पलको आईफोन ७ र आईफोन ७ प्लस् नेपाली बजारका लागि सार्वजनिक गरिएको छ । नेपालका लागि एप्पल उत्पादनको आधिकारिक बिक्रेता इभोस्टोरले दुबै स्मार्टफोन ललितपुरको लबिम मलमा सार्वजनिक गरेको हो ।
आईफोन ७ को मूल्य ३२ जिबीको रु. ९१ हजार, १२८ जिबीको रु. एक लाख ८ हजार र २५६ जिबीको लागि रु. एक लाख १९ हजार ५०० तोकिएको छ । यस्तै आईफोन ७ प्लस्को मूल्य ३२ जिबीको लागि रु. एक लाख ८ हजार, १२८ जिबीको रु. एक लाख २२ हजार ५०० र २५६ जिबीको रु. एक लाख ३६ हजार छ ।
नयाँ आईफोनमा एड्भान्स्ड क्यामेरा, उत्कृष्ट ब्याट्री लाइफ, इमर्सिभ स्टेरियो स्पिकर र अझ उत्कृष्ट क्षमता रहेको छ । डस्ट प्रुफ तथा वाटर प्रुफ रहेको नयाँ आईफोन ७ उत्कृष्ट रंगहरुमा उपलब्ध छन् ।
आईफोन ७ र ७ प्लस् इभोस्टोरले आफ्नो शेर्पा मल र मर्कन्टाइल प्लाजास्थित शोरुममा पनि विव्रmीका लागि उपलब्ध हुने इभोस्टोरले जनाएको छ । साथै ग्राहकहरुको सेवालाई मध्यनजरमा राखि इभोस्टोरले फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ ।