कला/साहित्यमंगलबार, २९ माघ , २०७५

अभिनेता बन्दै बादशाह

हिमालखबर

चर्चित भारतीय र्‍यापर बादशाहले बलिउडमा अभिनयको करिअर शुरु गर्ने भएका छन्।

शिल्पी दासगुप्ताले निर्देशन गर्ने फिल्ममा उनले 'डेब्यू' गर्न लागेका हुन्। फिल्ममा सोनाक्षी सिन्हा, वरुण शर्मा, अन्नु कपुरलगायत कलाकार पनि हुनेछन्।

बादशाहले फिल्ममा अभिनय गर्ने कुराले आफू आत्तिएको प्रतिक्रिया दिएका छन्। तर उत्कृष्ट प्रदर्शन गर्न सक्दो प्रयास गर्ने उनको भनाइ छ। ३३ वर्षीय र्‍यापर भन्छन्, "म धेरै आत्तिएको छु, तर यसमा फाल हालिसकेकाले राम्रो गर्न मेरो प्रयास हुनेछ।"  

फिल्ममा आफ्नो भूमिकाबारे भने उनले केही खुलाएका छैनन्।  फिल्मको निर्माण भूषण कुमार, महावीर जैन र निर्देशकबाट निर्माता बनेका मृगदीप सिंह लाम्बाले संयुक्त रुपमा गर्दैछन्।  नाम भने अझैसम्म जुराइएको छैन।

र्‍यापरसँगै म्युजिक कम्पोजर समेत रहेका बादशाहले सङ्गीतिक करिअर सन् २००६ बाट शुरु गरेका थिए। उनका 'डीजेवाले बाबु', 'अक्कड बक्कड' लगायत गीत हिट छन्। –एजेन्सी

प्रतिकृया दिनुहोस