पारसकाे एकदिवसीय पहिलाे शतक
क्याप्टेन पारस खड्काले अाज भइरहेकाे युएईसँगकाे एकदिवसीय तेस्राे खेलमा एेतिहासिक शतक पूरा गरेका छन्। उनले ९६ बलमा शतक बनाउन सफल भएका हुन् । साथै, नेपालले पाचाैं विकेट राेहित पाैडेललाई गुमाएकाे छ। उनले २४ बलमा १६ रन बनाएका छन् ।
नेपालले चाैथाे विकेट संदीप जाेरालाई गुमाउन पुगेकाे थियाे। उनले नेपालका लागि २० बलमा १९ रनकाे याेगदान दिए। युएई र नेपालबीच भइरहेको एकदिवसीय खेल अन्तर्गत तेस्रो दिनको खेलमा नेपालले २५५ रनकाे लक्ष्य पछ्याइरहेकाे छ ।
यसअघि १५ बलमा ६ रन बनाउँदै दिपेन्द्रसिंह एेरी अाउट भए। त्यस्तै, ३७ बल खेल्दै ३१ रन बनाएर ज्ञानेन्द्र मल्ल इमरान हेदरकाे बलमा एलवीडब्लू भएका थिए भने १७ बल खेल्दै ९ रन बनाएर अाेपनर बिनाेद भण्डारी अाउट भएका थिए । उनलाई माेहम्मद नभिदकाे बलमा गुलाम सब्बरले क्याच अाउट गरेका हुन्।
नेपाललाई २५५ रनकाे लक्ष्य
युएई र नेपालबीच भइरहेको एकदिवसीय खेल अन्तर्गत तेस्रो दिनको खेलमा टस हारेर पहिले ब्याटिङ गरेकाे युएईले नेपाललाई २५५ रनकाे लक्ष्य दिएकाे छ।
युएईले ५० अाेभरमा ६ विकेट गुमाउँदै २५४ रन जाेड्न सफल भयाे । राम्राे शुरुवात गरेकाे नेपालकाे खेल मध्यक्रमपछि खस्किंदा कठिन लक्ष्य पछ्याउनु परेकाे छ ।
नेपालको फास्ट बलर सोमपाल कामीले युएईका अस्फाक अहमदलाई विनोद भण्डारीबाट क्याच गराए भने करण केसीको वलिङमा भण्डारीबाटै क्याचआउट हुन पुगे ब्याट्सम्यान चिराग सुरी। सन्दीप लामिछानेले गुलाम सब्बरलाई एलवीडब्यू आउट गरेका छन् । क्याप्टेन पारस खड्काले माेहम्मद उस्मानलाई पेभेिलयन फर्काएका छन् ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो भने शनिबारकाे दोस्रो खेलमा भने नेपाल १४५ रनले विजयी भएकाे थियो ।