झापाको शरणार्थी शिविरमा आगलागी
झापाको बेलडाँगी–२ मा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ ।
आगलागीबाट ६ वटा छाप्रो जलेर नष्ट भएका छन् । मानवीय क्षति भने भएकाे छैन ।
स्थानीयबासी, प्रहरी र दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको छ ।
आगलागीको कारण पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।