नेपाल–यूएई एक दिवसीय क्रिकेट– पारस खड्का २० रन जोड्दै ‘क्याचआउट’ (अपडेट)
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी नेपाल र यूएईबीचको एक दिवसीय क्रिकेटमा कप्तान पारस खड्काले ३६ बल खेल्दै २० रन जोडेर ‘क्याचआउट’ भएका छन् ।
यस्तै, सोमपाल कामीले २० बल खेल्दै १९ रन जोडेका छन् । पारसले ३ र सोमपालले २ वटा चौका प्रहार गरेका छन् । पारसपछि क्रिजमा दिपेन्द्रसिंह ऐरी आए । र, रन आउट भएका छन् । अहिले क्रिजमा आरिफ शेख आएका छन् । शुरुआतमै १ चौका प्रहार, ५ बलमा ४ रन जोडेका छन् ।
यसअघि ओपनर ज्ञानेन्द्र मल्ल यूएईका मोहम्मद नाभिदको बलमा विकेटकिपर गुलाम साब्बरबाट ‘क्याच आउट’ भएका थिए । यस्तै, विनोद भण्डारी ५ रन जोडेर क्याचआउट भएका थिए ।