पहिरोले कालीगण्डकी नदी थुनियो
मुस्ताङको घरापजोङ गाउँपालिका–१ मा गएको पहिरोले कालीगण्डकी नदी थुनिएको छ ।
जलवायु तथा मौसम विज्ञान विभागले कालीगण्डकीको तल्लो तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
आंशिक थुनिएको कालीगण्डकी खुलेपछि म्याग्दीको बेनी बजारसम्मको क्षेत्रमा पानीको बहाव बढ्ने विभागले जनाएको छ ।
नेपाली सेना र प्रहरीको टोलीले स्काभेटरको प्रयोग गरी नदी खुलाउने प्रयास गरिरहेको छ ।