गुडिरहेको ट्रकमाथि ढुंगा खस्यो, चालकको मृत्यु
सिद्धार्थ राजमार्गमा गुडिरहेको मिनी ट्रकमाथि ढुंगा खस्दा चालकको ज्यान गएको छ।
८ माघमा स्याङ्जाको वालिङबाट गल्याङतर्फ जाँदै गएको ग१क ३७७२ नम्बरको मिनी ट्रकमाथि ढुंगा खसेको थियो। घटनामा ट्रकका चालक पुतलीबजार ३ बस्ने प्रेम शर्मा (२८) को ज्यान गएको हो। उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।