प्रधानमन्त्री स्वीट्जरल्याण्ड जाँदै
भोलि, ६ माघमा प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डावोसमा हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन जाने भएका छन् ।
८ देखि ११ माघसम्म हुने बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।
४९औँ वार्षिक बैठकका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ ।
भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा.युवराज खतिवडा लगायत छन् ।
प्रधानमन्त्री १२ माघमा स्वदेश फर्कनेछन् ।
पढ्नुहाेस् ।