शेयर बजार ओरालो
धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । मंगलबार उच्च अंकले बजार वृद्धि भएको भए पनि आज त्यो क्रम अगाडि बढ्न सकेन ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ७ दशमलव ५७ विन्दुले घटेर एक हजार १८७ दशमलव ९७ विन्दुमा झरेको छ ।
आज ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ०५ विन्दुले घटेर २५१ दशमलव ५० बिन्दुमा पुगेको हो ।
आज कूल १६९ कम्पनीको १७ लाख ४४ हजार १८७ कित्ता शेयर रु ५३ करोड ६ लाख ५१ हजार ४३५ मूल्यमा खरीद बिक्री भएको छ । आज कारोबार भएका कूल एघार उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर घटेको छ ।
आज व्यापार एक दशमलव ८६,जलविद्युत् २२ दशमलव ८३, उत्पादन दुई दशमलव ८९ विन्दुले बढेको छ ।
ब्यांकिङ पाँच दशमलव दुई, होटल दुई दशमलव ४४, विकास ब्यांक एक दशमलव ४१, फाइनान्स दुई दशमलव ३२, निर्जीवन बीमा ११२ दशमलव १८, अन्य १२ दशमलव ६१, लघुवित्त १५ दशमलव ६८ र जीवन बीमा ७३ दशमलव शून्य चार विन्दुले घटेका छन् ।
घटेको बजारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, नेपाल हाइड्रो डेभपलर्स, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, सांग्रिला डेभलपमेन्ट ब्यांक, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, श्रीराम सुगर मिलका शेयरधनीले आज कमाएका छन् ।
एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, मिसन डेभपमेन्ट ब्यांक, बुटवल पावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी, हिमालयन पावर पार्टनरका शेयरधनीले आज गुमाएका छन् । रासस