खेलकुदमंगलवार, कार्तिक ३०, २०७३

सोलिडारिटी कप विजेता खेलाडीले जनही तीन लाख पाउने

हिमालखबर

सरकारले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता सबै नेपाली खेलाडीलाई जनही रु. तीन लाख नगद दिने घोषणा गरेको छ ।

मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा ३० कार्तिक सम्पन्न फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको थियो ।

विजयको खबरलगत्तै युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले उक्त पुरस्कारको घोषणा गर्नुभएको उहाँका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिए ।

नेपालका लागि सुजल श्रेष्ठले खेलको ३० औँ मिनेटमा गोल गरेका थिए । योसँगै नेपालले एक वर्षमा लगातार अन्तर्राष्ट्रियस्तरका तीन उपाधि जितेको छ । गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु कप जितेको नेपालले त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा पनि उपाधि उचालेको थियो ।रासस

प्रतिकृया दिनुहोस