नक्कली डीएसपी पक्राउ
दुई सातादेखि आफूलाई नेपाल प्रहरीको नायब उपरीक्षक (डीएसपी) भएको बताउँदै ठगी गर्दै आएका एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुर बालकोटका अनिल थापा (३५) छन्। कमलादीस्थित तिरुप होटलको कोठा नम्बर २०३ मा बसेर उनले धाक, रवाफ देखाई आपराधिक गतिविधि गर्दै आएको प्रहरीले जनाएको छ।
उनले ठमेल र दरबारमार्गका होटल, रेष्टुराँहरूमा पनि आफूलाई प्रहरीको डीएसपी भएको बताउँदै धाक, रवाफ देखाउँदै आएका थिए। महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार उनीविरुद्ध अदालतबाट अनुसन्धानका लागि म्याद लिएर किर्ते अभियोगमा अनुसन्धान भइरहेको छ।