सांसद पाण्डेको निधन
नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद भक्तिप्रसाद पाण्डेको ६२ वर्षको उमेरमा आज निधन भएको छ ।
विगत एक वर्षदेखि क्यान्सर रोगबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, ललितपुरमा आज, २९ कात्तिक बिहान निधन भएको हो
।
माओवादीभित्र चाचा उपनामले चिनिने पाण्डेले माओवादीको सशस्त्र सङ्घर्षको आपूर्ति विभागको पहिले केन्द्रीय सदस्य र पछि इञ्चार्ज भएर काम गरेका थिए ।
विसं २०६४ को संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं ४ बाट पराजित सांसद पाण्डे २०७० मा संविधान सभामा एनेकपा माओवादीका तर्फबाट समानुपातिक तर्फबाट सांसद बनेका थिए ।
पाण्डेका एक छोरा, दुई छोरी छन् ।