हराएका बालक स्कूलको सेफ्टी ट्याङ्कीमा मृत भेटिए
दैलेख सदरमुकाम दैलेख बजारको सनराइज बोर्डिङ् स्कूलमा यूकेजीमा अध्ययनरत ६ वर्षीय हिक्मत शाहीको शव आज बिहान सोही स्कूलको सेफ्टी ट्याङ्कीमा मृत अवस्थामा फेला परेको छ ।
३ पुस बिहान स्कूल गएका बालक घर नफर्किएपछि स्थानीयबासी र अभिभावकको सहयोगमा प्रहरीले खोजी तीव्र पारेको थियो ।
दैलेखका जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले स्कूलको सेफ्टी ट्याङ्कीमा शव भेटिनुले घटना रहस्यमय बनेको र अनुसन्धान जारी रहेको जानकारी दिए ।
भक्तबहादुर शाही, दैलेख