रौतहटमा दुर्घटनामा १० घाइते
रौतहटको चन्द्रपुर–निजगढ सडकमा टाटासुमो १ पुसमा दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
सदरमुकाम गौरबाट काठमाडौं जाँदै गरेको ना१ज ३९५३ नम्बरको टाटासुमोको पछाडिको टायर फुस्केका कारण दुर्घटना भएको थियो। दुर्घटनामा काठमाडौंका प्रतीक्षा नेपाल (३६), भोजपुरका गणेश विक (२१), गौरका महम्मद नाजिर (१९) घाइते भएका छन्।
यस्तै, गौरका गायत्री यादव (५०), प्रितिकुमारी साह (३६), दिपु जयसवाल, वृन्दावन नगरपालिकाका जीवन चौधरी (१२), भुवन चौधरी (११), रामपरिदेवी चौधरी (४५) र सुमो चालक चन्द्रपुर नगरपालिका जुडिबेलाका विनय चौधरी छन्।
घाइतेमध्ये रामपरि र भुवनलाई थप उपचारका लागि काठमाडौं पठाइएको र अन्यको उपचार चन्द्रपुरमै भइरहेको प्रहरीले जनाएको छ।
सञ्जय मित्र, रौतहट