भरुवा बन्दुक बनाउने सामानसहित एक पक्राउ
पाँचथरमा प्रहरीले भरुवा बन्दुक बनाउने सामानसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राऊ पर्नेमा याङवरक गाउँपालिका–३ ओयामका बुद्धिमान विश्वकर्मा (४८) छन् । विश्वकर्मालाई विशेष सुराकीका आधारमा प्रहरी चौकी फलैंचाको टोलीले ५ नाल भरुवा बन्दुकका पार्टपूर्जासहित पक्राउ गरेको पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए।
२६ मंसीर मध्यान्ह याङवरक–३ का शान्तबहादुर विश्वर्माको घरमा रहेको आरनमा बन्दुक बनाउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।