भैरहवा ४ विकेटले विजयी, बन्यो प्लेअफमा पुग्ने पहिलो टोली
एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा भैरहवा ग्लाडियटर्स विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा विराटनगर वारियर्सलाई चार विकेटले पराजित गर्दै भैरहवा लगातार तेस्रो जितसहित प्लेअफमा पुगेको हो ।
जितसँगै भैरहवा ग्लाडियटर्स जारी प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।
टस जितेर फिल्डिङ रोजेको भैरहवाले विराटनगरलाई ९१ रनमा अलआउट गर्यो ।
विराटनगरका भान डेर मेर्वीले दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९१ रन मात्र बनाएको थियो ।
विराटनगरका लागि भान डेर मेर्वीले २५, करण केसीले १८, सुमित महर्जनले १५ रन बनाए भने हरिबहादुर चौहान १३ रनमा नटआउट रहेका थिए ।
विराटनगरलाई ९१ रनमै समेट्ने क्रममा भैरहवाका लागि मोहमद नाभिदले चार विकेट लिए । यस्तै कृष्ण कार्की र अविनाश बोहोराले दुई/दुई विकेट लिए । विराटनगर विरुद्धको जीतसँगै भैरहवाले तीन खेलबाट छ, अंक जोडेको छ ।