स्वास्थ्यमन्त्री यादव र नरेन्द्र मोदीबीच भेटवार्ता
उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
नयाँदिल्लीमा स्वास्थ्य सम्बन्धी कार्यक्रम ‘पाटनर्स फोरम’मा सहभागी हुन पुगेका यादव र मोदीबीच भेटवार्ता भएको हो ।
भेटमा मातृ मृत्युदर, बाल मृत्युदर कम गर्ने र बाल स्वास्थ्यमा लगानी बढाउने विषयमा छलफल भएको जनाइएको छ ।
स्वास्थ्यमन्त्री यादवले सम्बोधन गरेको उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी प्रमुख अतिथि छन् । कार्यक्रम भोलि, २७ मंसीरसम्म चल्नेछ ।