नौ वर्षदेखि फरार अभियुक्त पक्राउ
ज्यान मार्ने उद्योगमा कैद तोकिएर ९ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई इलाका प्रहरी कार्यालय जिरीले पक्राउ गरेको छ।
जिल्ला अदालत दोलखाबाट २०६६ सालमा ज्यान मार्ने उद्योगमा तीन वर्ष ११ महिना १४ दिन कैद सजाय भएका जिरी नगरपालिका-४ का मनोजकुमार जिरेल (३६) पक्राउ परेका हुन्।
उनलाई २५ मंसीरमा जिल्ला अदालतमा दाखिल गराएर चरिकोट कारागार पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले मंसीरमा मात्र विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएर फरार रहेका ३१ जनालाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइसकेको छ। त्यसरी पक्राउ परेकाहरूमा २५ दिनदेखि ४ वर्षसम्म कैद सजाय तथा रु. २५ देखि ७ हजारसम्म जरिवाना तोकिएका अभियुक्तहरू छन्।