भारतीय नम्बरकाे ट्रकले ठक्कर दिँदा दुईजनाको मृत्यु
झापाको दमकमा सडक दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।
२५ मंसीर दिउँसो १ः३० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक खण्डमा को ३३ प ७९४५ नम्बरको मोटरसाइकललाई एचआर–२७ जे–०६२५ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको हो ।
दुर्घटनामा परी मोरङ पथरी शनिश्चरे नगरपालिका–९ का मोटरसाइकल चालक हेमचन्द्र गिरी (२९) र उनका बाबु धनप्रसाद गिरी (६५)को ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनापछि ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।