करेन्ट लागेर मृत्यु
पाँचथरको फिदिम नगरपालिका सुकेपोखरीका श्यामकुमार राईको करेन्ट लागेर मृत्यु भएको छ।
आइतवार राति घरैमा करेण्ट लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। राईलाई राति साढे ११ बजे शौच गर्न बिजुली बाल्ने क्रममा करेन्ट लागेको थियो। स्विच अन गर्ने क्रममा एमसीबी छुन पुगेका उनकोे तत्काल मृत्यु भएको हो।