चिकित्सक लाइसेन्स परीक्षामा ५५ प्रतिशत अनुत्तीर्ण
नेपाल मेडिकल काउन्सिलले २२ मंसीरमा लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षामा ५५ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।
मेडिकल काउन्सिलका अनुसार नेपालमा प्राक्टिस गर्नका लागि अनिवार्य लाइसेन्स परीक्षामा सहभागी कुल एक हजार ४९७ परीक्षार्थीमध्ये एमबीबीएस तह उत्तीर्ण गरेका ७१३ र बीडीएस तह उत्तीर्ण गरेका ११७ परीक्षार्थीहरु अनुत्तीर्ण भएका हुन् ।
चिकित्सकका रूपमा बिरामी जाँच्नुअघि चिकित्सा शास्त्रमा स्नातक तह (एमबीबीएस-बीडीएस) पास गरेका विद्यार्थीले काउन्सिलले लिने लाइसेन्स परीक्षा अनिवार्य उत्तिर्ण गर्नुपर्ने व्यवस्था छ ।
काउन्सिलको जाँच फेल भएका डाक्टरले बिरामी जाँच्न पाउँदैनन् ।