टिप्परको ठक्करबाट एकजनाको मृत्यु
काठमाडौं महानगरपालिका–१७ स्थित ढल्कुमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आज बिहान डल्लुबाट सोह्रखुट्टेतर्फ जाँदै गरेको बा ३ ख ४२२० नम्बरको फोहरमैला बोक्ने टिप्परले विपरीत दिशाबाट आइरहेका बा ५१ प ६८६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीय अनिल गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते गुरुङको मनमोहन अस्पताल ठमेलमा उपचारका क्रममा ११ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । रासस