नेपाल ब्यांकले ल्यायो १० लाखको बीमा सुविधा र नयाँ निक्षेप योजना
सरकारी स्वामित्वको नेपाल ब्यांकले ‘नागरिक बचत खाता’ नामक नयाँ निक्षेप योजना शुरु गरेको छ।
न्यूनतम रु १० हजार मौज्दातमा खाता खोल्न सकिने यस योजनाअन्तर्गत ग्राहकले रु १० लाखसम्मको दुर्घटना बीमा र रु २५ हजारसम्मको औषधोपचार सुविधा पाउनेछन्। यस योजनाअन्तर्गत् ग्राहकलाई भिसा डेबिट कार्ड, एबीबीएस, सी-आस्वा, डिम्याट, मेरो शेयर, इन्टरनेट ब्यांकिङ र स्मार्ट मोबाइल ब्यांकिङजस्ता सेवा पनि निःशुल्क प्रदान गरिने ब्यांकका प्रेस संयोजक मुकुन्द अर्यालले जानकारी दिए।
यस योजनाअन्तर्गत ग्राहकलाई उपलव्ध गराउने दुर्घटना बीमा र औषधोपचार सुविधाका लागि ब्यांकले आईएमई जनरल इन्स्योरेन्ससँग सम्झौता गरेको छ।