HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यक्तित्व
मिस नेपालको मिसन सन् २०१८ की मिस नेपाल शृंखला खतिवडा मकवानपुरको विकट गाउँ भार्तामा स्वास्थ्य चौकी भवन बनाउन जुटिरहेकी छन् ।
समाजका पूँजी: चैतन्य मिश्र 'पपुलिज्म' र भीडबाट टाढै रहेर बदलिंदो नेपाली समाजको वास्तविक चरित्र बुझाउन प्रा. चैतन्य मिश्रजत्तिको योगदान शायदै अरुले गरेका छन्। 'नेपाली समाज पूँजीवादी हो' तीनदशकअघि नै मिश्रले भनेका थिए। तर, पार्टीहरू जडता त्याग्न तयार देखिएनन्। माओवादीले यही तर्कको जगमा दशकलामो हिंसात्मक विद्रोह गर्‍यो। तर, अहिले अवस्था फेरिएको छ। मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले औपचारिक रूपमै देश पूँजीवादमा प्रवेश गरेको स्वीकार गरिसकेका छन्।
बहुआयामिक बौद्धिक: पीताम्बर शर्मा
बहुआयामिक बौद्धिक: पीताम्बर शर्मा योजनाविद् प्रा.डा. पीताम्बर शर्माले अधिकार, विकास, शहरीकरण, पर्वतीय पर्यटन, बसाइँसराइ र वातावरणदेखि राज्यपुनर्संरचनासम्मका विषयमा महत्वपूर्ण विचार दिइरहेका छन्। अमेरिकाको कर्नेल युनिभर्सिटीबाट 'अर्बनाइजेसन एण्ड रिजनल प्लानिङ' मा विद्यावारिधि शर्माको दक्खल शहरीकरण र बसाइँसराइमा मात्र सीमित छैन। अनरिभलिङ द मोज्याकः स्पाटियल एस्पेक्टस् अफ इथ्निसिटी इन नेपाल (२००८), मार्केट टाउन्स इन द हिन्दू कुश–हिमालयज (२००१), टुरिज्म एज डेभलपमेन्ट (२०००), अर्बनाइजेसन इन नेपाल (१९८९) जस्ता पुस्तक उनको बहुआयामिक व्यक्तित्व दर्शाउन पर्याप्त छन्। प्रोफेसर शर्माले विकास, पर्वतीय पर्यटन, आर्थिक तथा वातावरणीय योजनालगायतका क्षेत्रमा सम्झ्नलायक काम गरेका छन्।