नदी जस्ता देवकोटा
मेरो सम्भवतः सबभन्दा धेरै गाइएको गीत, ‘गाउँछ गीत नेपाली’ मा भएका ‘सुन्दर शान्त विशाल’ शब्द मेरा होइनन्, देवकोटाजीसँग मागेको हुँ। निबन्धमा प्रयुक्त शब्द जस्ताको तस्तै गीतमा मिल्नु उहाँको काव्यात्मकताको प्रमाण हो।
म आफैं जन्मेको हुँ: रोशन
मेरा तीन जना मानस–सन्तान छन्। मैले मनमनै जन्माएका । दुई पुत्र, एक पुत्री। जसमध्ये एउटा हो रोशन। हरेक बिहान निद्राबाट ब्यूँझेपछि म मेरा मानस–सन्तानहरूलाई दुई घण्टा जति समय दिन्छु । बेलुका सुत्नुअघि एक घण्टा । यसरी दिनको करिबन तीन घण्टा म उनीहरूसँग हुन्छु । कहिले हामी सँगसँगै गीत सुन्छौं। कहिले सिनेमा हेर्छौं। कहिले शहरका पातला कला प्रदर्शनीमा छिर्छौं। कहिले बाक्ला थियटरतिर बरालिन्छौं।