नेपालकै ठूलो ढल्केबर सबस्टेसन सञ्चालनमा, हजार मेगावाट बिजुली आदानप्रदान हुनसक्छ
नेपालको अहिलेसम्मकै ठूलो ढल्केबर धनुषाको सबस्टेसन सञ्चालनमा आएको छ। १३ बिगाहा जमिनमा फैलिएको ४०० केभी र २२० केभी सबस्टेसनबाट एक हजार मेगावाट बिजुली आदानप्रदान हुनसक्छ।
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई
सरकारले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रीस्तरीय निर्णय गरी प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई उक्त जिम्मेवारी दिएका हुन्।