तरकारी बजारमा बढ्दो जोखिम, खुद्रा बजारमा महँगो भन्दै कालीमाटीमा ग्राहकको भीड
कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ। व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलगाएको पाएपछि कोरोना भाइरसको जोखिम थप बढेको हो।