HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थलगत
दशैंमा अस्पतालको शय्यामा रोइरहेका छन् पहिरोमा बगेकाहरू असोज १२ को बाढीपहिरोमा परेर काभ्रेको रोशी गाउँपालिका र पनौती नगरपालिकामा मात्र ३२ जनाको मृत्यु भएको थियो। त्यति वेला ८६७ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो। ८० जनालाई अस्पताल भर्ना गरिएको थियो। तीमध्ये चार जना घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। हिमालखबरले असोज २४ मा अस्पताल पुगेर ती घाइते र तिनका परिवारसँग कुराकानी गरेको छ।