के थिइन् ‘मिस हली ?’
नेपाली पर्वतारोहणकी अभिलेखालय मानिने अमेरिकी नागरिक एलिजाबेथ हली (मिस हली) समाचार संस्था रोयटर्सको प्रतिनिधिका रूपमा सन् १९५७ मा पहिलोपटक नेपाल आएकी थिइन् । कालान्तरमा उनको परिचय नेपाली पर्वतारोहणकी प्रवद्र्धक बन्यो । अन्ततः आज जनवरी २६ कै दिन ९४ वर्षको उमेरमा नेपालमै उनको निधन भयो ।