विद्यासुन्दरकाे सम्पदा संहार
नेपालमण्डलका रैथाने नेवार विद्यासुन्दर शाक्य आस्था अनि आनुवांशिक रूपमै सम्पदाको संरक्षक हुनुपर्ने हो। हाम्रा सामु यस्तो रणमैदान गोचर हुनु पर्ने थियो, जसमा एकातिर शाक्य सम्पदा संरक्षणनिम्ति अर्कोतिर भूमाफिया, जलमाफिया, ठेकेदार र बिचौलिया पौठेजोरी खेलिरहेका हुन्। बिडम्बना, अहिले शाक्य सम्पदा भक्षक र रैथाने नगरवासी सम्पदा रक्षकको रस्साकस्सीमा छन्।