कोरोनाबाट थप २४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २४ जनाको ज्यान गएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ९८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
कोरोना संक्रमणबाट मृत्यु भएकाको कब्रिस्तानमै अन्तिम संस्कार गर्न अनुमति
जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका मुस्लिम समुदायलाई कब्रिस्तानमै अन्तिम संस्कार गरी शव व्यवस्थापन गर्न अनुमति दिएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीमा शनिवार भएको छलफलपछि कैलालीका मुस्लिम समुदायलाई कब्रिस्तानमा नै अन्तिम संस्कार गरी शव व्यवस्थापन गर्न अनुमति दिएको हो।