HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
सांसदहरू भन्छन्- 'केही संस्थाले गाउँबाट बालबालिका ल्याएर काठमाडौंमा पैसा कमाउन प्रयोग गरे' प्रतिनिधिसभाको महिला तथा समाजिक समितिको सोमबारको बैठकमा बालबालिकाका अवस्था र व्यवस्था सम्बन्धमा छलफल गर्दै सांसदहरूले कतिपय संघसंस्थाले गाउँबाट बालबालिका ल्याएर काठमाडौंमा डलर कमाउने काम गरिरहेको बताएका हुन्।
हिरासतमा भइरहेका मृत्युबारे छानबिन गर्ने संसदीय समितिको निर्णय प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिले हिरासतमा भएका मृत्युका घटनाबारे अध्ययन गर्ने भएको छ। समितिको बिहीबारको बैठकले हिरासतमा मृत्यु भएका घटनाको अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको समिति सदस्य लालबहादुर थापाले बताए।