६० लाखमा बेच्न लागिएको बाघको छालासहित चार जना पक्राउ
६० लाखमा बेच्न लागिएको प्रतिबन्धित पाटे बाघको छालासहित प्रहरीले चार जनालाई काठमाडौंबाट पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको विषेश टोलीले उनीहरूलाई काठमाडौंको स्वयम्भूस्थित् एक होटेलबाट आइतबार दिउँसो पक्राउ गरेको हो।
'आमाको साथी हुँ' भन्दै बालबालिकाको सुन लुट्ने महिला पक्राउ
महानगरीय प्रहरी वृत बौद्धले बालबालिकालाई लक्षित गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ। उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन तथा बहुमुल्य धातुका सामान लुट्ने कार्यमा संलग्न ३२ वर्षीया सङ्गिता क्षेत्रीलाई प्रहरीले माकलबारीबाट पक्राउ गरेको हो।