फरक विचार राखेकै कारण उमा भुजेललाई थुनिएको सर्वोच्चको ठहर (आदेशसहित)
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नकेपाकी केन्द्रीय सदस्य उमा भुजेललाई फरक राजनीतिक विचार राखेकै आधारमा पक्राउ गरी थुनिएको भन्दै आजै मुक्त गर्न आदेश दिएको छ। आठ महिनादेखि पक्राउ पर्दै र छुट्दै आएकी उनलाई १२ साउनदेखि निरन्तर हिरासतमा राखिएको थियो। विभिन्न अदालतका आदेशपछि पनि थुनामुक्त नभएपछि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण मुद्दा परेको थियो।
सर्वोच्चले सुधार्यो आफ्नै अपव्याख्या
ब्यांकिङ कसुर मुद्दामा तत्कालीन प्रधान न्यायाधीशकै इजलासबाट भएको ‘कानूनको अपव्याख्या’ लाई सर्वोच्च अदालतको पूर्ण इजलासले सच्याएको छ।