नागढुंगादेखि कलंकीसम्मको मुख्य सडकमा ६७ वटा सीसी क्यामरा जडान
नागढुंगा-कलंकी सडकखण्डअन्तर्गत जडान गरिएको सीसी क्यामरा प्रहरीलाई हस्तान्तरण गरिएको छ। चन्द्रागिरी नगरपालिकाको आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सीसी क्यामराको आज उद्घाटन गरी प्रहरीलाई हस्तान्तरण गरिएको हो।
भारतीय सेनाप्रमुख नरवणे आइपुगे
भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने भ्रमणका क्रममा बुधबार काठमाडौं आइपुगेका छन्। भारतीय वायु सेनाको विशेष विमानबाट उनी काठमाडौं आएका हुन्।