HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
मध्यमवर्ग किन तानिए शेयर बजारमा ? अधिकांश नेपालीका लागि अनजान रहँदै आएको शेयर बजार मध्यम वर्गको कौतूहल, आकर्षण र अवसरको केन्द्र बन्न थालेको छ। देशको अर्थतन्त्र थला परेका वेला शेयर बजारले किन चमक पाइरहेको छ? अहिलेको अभूतपूर्व छलाङ कति जोखिमपूर्ण छ? यी विषय नबुझी लगानी गर्दा ‘मूल्यपासो’मा पर्न सक्ने जानकारहरु बताउँछन्।
नेप्सेमा आज नयाँ रेकर्ड कायम, सात अर्ब माथिको कारोबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि  उच्च अङ्कले वृद्धि भएको छ। लगातार नयाँ नयाँ रेकर्ड बनाउँदै आएको नेप्सेमा आज पनि ७१ अङ्कको वृद्धि देखिएको हो। नेप्से र कारोबार रकम समेत आज नयाँ विन्दुमा पुगेको मात्रै छैन, नयाँ रेकर्ड पनि कायम भएको छ।