HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
भ्यागुताको बिहे हतार छ मलाई आज भ्यागुताको बिहेमा जन्त जानु छ!
म्युजिक भिडियोमा लगानी:  चर्चाको भोक
म्युजिक भिडियोमा लगानी: चर्चाको भोक लगानी अनुसार प्रतिफल, अर्थशास्त्रको सामान्य नियम हो। तर, नेपालमा बनिरहेका म्यूजिक भिडियोको हकमा यो लागू हुँदैन। नाफा त परै जाओस्, लगानी समेत उठ्दैन।  म्यूजिक भिडियोमै सही, मोडलसँग रोमान्स गर्नेहरूमा स्वदेशमै पैसा कमाएका तर नाम नसुनिएका पनि प्रशस्त छन्। “कति त घरजग्गा वा बस्तुभाउ बेचेर समेत म्यूजिक भिडियो खेल्न आएका छन्”, निर्देशक शैलेन्द्र खोकाली भन्छन्। यसबाहेक यस्ता लगानीकर्ता पनि हुन्छन्, जो आफूलाई भिडियोमा देखाउन चाहँदैनन्। आफ्नो प्रेमी/प्रेमिकाको रहर पूरा गरिदिन उनीहरू चूपचाप पैसा खर्चन्छन्। 'डेब्यु' निर्देशक आफ्नै लगानीमा आफैं मोडल बनेका म्यूजिक भिडियो पनि थुप्रै छन्।
कालो पोथीको पुनः प्रदर्शन हुने ओस्कारका लागि नेपालबाट छनौट भएको नेपाली चलचित्र ‘कालो पोथी’ पुनः प्रदर्शन गरिने भएको छ ।