HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
पूर्व लडाकु बने ‘पहुँच’को विजेता प्रहरी र नागरिकबीच सहकार्य गर्न जनचेतना जगाउने रियालिटी गेम सो ‘पहुँच सिजन–१’मा पूर्व माओवादी लडाकु ज्ञानबहादुर लामा विजेता बनेका छन् ।
पहरामाथिको पोथ्रो गण्डकी अञ्चलको सेरोफेरोमा विछट्टै लोकप्रिय 'ठाडो भाका' पतनको सँघारमा छ। लमजुङे, कर्पुटारे, दुरा भाका आदि नामले परिचित ठाडो भाका गायकद्वय देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङको सांगीतिक विरासत मानिन्छ। अहिले भने औंलामा गन्न सकिने पारखीहरूले मात्र ठाडो भाकामा सवाल–जवाफ गर्न सक्छन्।  नन्दमाया दुरा (६४) यस्तै दुर्लभ प्रतिभा हुन्। उनीबारे कमैलाई थाहा भए पनि स्थानीयमाझ नन्दमायाको नाउँ ठूलो छ। निरक्षर भएरै पनि उनको शब्दचयन र सुमधुर स्वरमा 'ठाडो भाका' गुञ्जिंदा अनुरागीहरू मुग्ध हुने गर्छन्।