HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
ल्होत्साम्पाको नियति प्रायः साहित्यिक कृतिमाथि निर्माण गरिने चलचित्र वा नाटकले पाठक वा दर्शक सन्तुष्ट तुल्याउन सक्दैनन् । तर, ‘हरियो ढुंगा’ कथाभन्दा नाटक दमदार बनेको छ । यसले कथाको प्रभाव विस्तार गरेको छ, आयु लम्ब्याइदिएको छ । निर्देशक सुनील पोखरेलले पुनः एकपटक आफूलाई अब्बल प्रमाणित गरेका छन् ।
काठमाडौंमा जाजमाण्डु उत्सव जाज संगीतका लागि एशियाकै उत्कृष्टमध्येको मानिने ‘सूर्य नेपाल जाजमाण्डु’ उत्सवको १५औं संस्करण २६ असोजदेखि उपत्यकामा हुने भएको छ । सातदिने यो उत्सवमा विश्वभरका प्रतिभावान जाज संगीतकर्मीहरु उपत्यकामा भेटिनेछन् ।