HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
पाइलटको उड्डयन संग्रहालय विमान चालक, लेखक, फोटोग्राफर र त्योभन्दा बढी एक स्वप्नदर्शी वेद उप्रेती काठमाडौंमा उड्डयन संग्रहालय बनाउने महत्वाकांक्षी परियोजनामा जुटेका छन्।
नेपाल भारत सम्बन्ध: जहाँको त्यहीं
नेपाल भारत सम्बन्ध: जहाँको त्यहीं नाकाबन्दीले बिगारेको नेपाल–भारत सम्बन्ध सुधारका निम्ति 'कोसेढुंगा' सावित हुने अपेक्षा गरिएको भारतीय राष्ट्रपतिको भ्रमणले शिष्टाचारको उच्चतम सन्देश दिए पनि सम्बन्ध सामान्यावस्थामा फर्कने संकेत भने गरेन। “जुन विषयमा भारत नाखुस भयो भनिएको हो त्यो त यथावत् नै छ”, भारतका लागि नेपाली राजदूत रहिसकेका प्राध्यापक लोकराज बराल भन्छन्, “वातावरण केही फेरियो होला, भाषा–शैली बद्लियो होला, तर सम्बन्धमा तात्विक फरक आएको देखिंदैन।” “राष्ट्रपतिको भ्रमणले नेपाल–भारतबीचको सम्बन्ध सुधार प्रक्रियामा एउटा आयाम थपेको छ”, पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा भन्छन्, “तर, द्विपक्षीय सम्बन्धमा देखिएका समस्या भने यथावत् नै देखिन्छन्।”
उमंगको अर्थशास्त्र भूकम्प र नाकाबन्दीका कारण अभावमय अघिल्लो तिहार बिर्सन पनि यो तिहार बजार भव्य देखिन्छ ।
हाम्रा बौद्धिक
हाम्रा बौद्धिक राजनीति र समाजलाई बाटो देखाउने ‘पब्लिक इन्टेलेक्चुअल’ हरूले नै बाटो बिराएको टिप्पणी भइरहँदा क्षमतावान नयाँ पुस्ताको उपस्थितिले नेपाली बौद्धिक समुदाय बलियो बन्ने सम्भावना देखाएको छ । ‘पब्लिक इन्टेलेक्चुअल’ को हुन् भन्नेबारे संसारभर नै बहस जारी छ । सर्वस्वीकृत मान्यता चाहिं के हो भने समाजको बृहत्तर हितका निम्ति तथ्य, तर्क र विवेक प्रयोग गरेर जस्तोसुकै परिस्थितिमा पनि आफ्नो धारणा राख्नेहरू ‘पब्लिक इन्टेलेक्चुअल’ हुन् । खास परिस्थिति र घटनाक्रममा उनीहरूको भूमिका मापन हुन्छ । पछिल्ला एक–दुई वर्षमा नेपालमा ‘पब्लिक इन्टेलेक्चुअल’ को भूमिकाको परीक्षण हुने कैयौंं विषय अगाडि आए ।