HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
हिंसा भड्काउने नियत ! नागरिक समाजको नाममा राजधानीमा गरिएको उत्तेजक भाषण पनि सप्तरी घटनाको एउटा कारक बन्यो। आफू सुरक्षित ठाउँमा बसेर सामाजिक सञ्जालमार्फत फैलाइने उत्तेजनाले पनि हिंसालाई मलजल गरेको छ। मधेशी मोर्चामा आबद्ध प्रायः सबै नेताको राजधानीमा घर छ। सबै पार्टीको केन्द्रीय कार्यालय काठमाडौंमै छन्। तराईमा जति आगो बले पनि उनीहरूलाई पोल्दैन। “एउटा मुद्दा देखाएर उत्तेजनालाई हतियार बनाउँदा अकल्पनीय घटनाको सम्भावना बढ्छ, हिंसा निषेध गर्न हिंसात्मक अभिव्यक्तिलाई पनि रोक्नुपर्छ।”
विद्यार्थी युनियन खारेज गरेकै राम्रो
विद्यार्थी युनियन खारेज गरेकै राम्रो पंचायती निरंकुशता विरुद्धको आन्दोलनका सहयोद्धा विद्यार्थी संगठनसँगै स्वतन्त्र विद्यार्थी यूनियनको पनि औचित्य अब भने नभएको पुनर्पुष्टि भएको छ। "कुनै बेला राम्रो मानिएको हाम्रो शिक्षाको गुणस्तर अहिले सबभन्दा खराब छ। विश्व ब्यांकको सहयोगमा हालै गरिएको एक अध्ययनले नेपाल, श्रीलंका र बाङ्लादेशका विश्वविद्यालयको हालत धेरै खराब देखाउँदै राजनीतिमुक्त राख्न सुझाएको छ। यो स्ववियू निर्वाचनले त झन् खत्तमै पारेको छ। पहिले विरोध र तालाबन्दीसम्म हुन्थे, अहिले त बम विस्फोट नै भएको सुनियो। यो त हदै भयो। विद्यार्थी संगठन आन्दोलन गर्न बनाइएका हुन्, अब आन्दोलन आवश्यक छैन।"
नेतृत्व विकासको आधार: स्थानीय निर्वाचन
नेतृत्व विकासको आधार: स्थानीय निर्वाचन दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचन जनतासँग भिजेका र नेतृत्व क्षमता भएका नेता जन्माउने सुनौलो अवसर हो। स्थानीय तहको पुनःसंरचनाका लागि गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख भएको संरचना अनुसार देशभर निर्वाचित हुने जनप्रतिनिधिको संख्या ३४ हजार २०३ पुग्छ, जसमध्ये ठूलो संख्या महिला, दलित, सीमान्तकृत तथा अल्पसंख्यकको हुने निश्चित छ।  २०१५, २०४८, २०५१, २०५६, २०६४ र २०७० गरी ६ पटक आमनिर्वाचन हुँदा नेपालीले स्थानीय निर्वाचनमा भने दुई पटक मात्र भाग लिन पाए, २०४९ र २०५४ मा। २०५४ मा १७ वर्ष पुगेका व्यक्ति अहिले ३६ वर्ष पुग्दा बल्ल पहिलो पटक स्थानीय निर्वाचनमा मताधिकार प्रयोग गर्दैछन्।
सिण्डिकेटको लूट मुलुकको सार्वजनिक यातायात यस्ता व्यवसायीको चंगुलमा फसेको छ, जो अरूलाई प्रतिस्पर्धामा आउन नदिन जस्तोसुकै कुकर्ममा पनि सरिक हुन्छन्।