HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
दुई समुदायबीच मन माझ्ने अवसर टीकापुर घटनापछि थारू–पहाडी समुदायबीच बढेको दूरी स्थानीय तह निर्वाचनका क्रममा शुरू भएका घरदैलो, भेटघाट र र्‍यालीहरूले कम गर्दैछन्।
 लोकमानको अयोग्यतासम्बन्धी सर्वोच्चको फैसलाको पूर्णपाठमा के छ
 लोकमानको अयोग्यतासम्बन्धी सर्वोच्चको फैसलाको पूर्णपाठमा के छ लोकमानसिंह कार्की अख्तियार प्रमुखका लागि अयोग्य रहेकोले पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा तत्कालीन प्रधानन्यायाधीश र मन्त्रिपरिषद् अध्यक्षको रुपमा खिलराज रेग्मी नेतृत्वको संवैधानिक परिषद्ले कसरी स्वेच्छारी निर्णय गरेको थियो भन्ने पनि छर्लङ्ग देखिन्छ। यो फैसालमा मुद्दाको पुनरावलोकनमा सर्वोच्च अदालतका सीमाहरूबारे पनि फराकिलो व्याख्या गरिएको छ । ·लोकमानसिंह कार्कीले सर्वोच्च अदालत र संवैधानिक परिषद्मा पेश गरेका केही विवरण अपूर्ण, भ्रमपूर्ण र गलत देखिएको कारणबाट पनि उनको नियुक्तिलाई वैध मान्न सकिने अवस्था देखिदैन।  ·सत्तामा रहेको समयमा जनधनको क्षति, सत्ता, शक्ति र पदको दूरुपयोग, राष्ट्रिय ढुकुटीको दूरुपयोग र मानवअधिकार उल्लंघन जस्ता कानून विपरितको काम कारवाही गरेको हो भने निजलाई दण्डित गर्नु राज्यको दायित्व हो।
ठगहरूका कार्यालय: विज्ञापन छापेरै ठगीधन्दा पत्रिकामा विज्ञापन छापेर खुलेआम ठग्ने काम राजधानीमा कसरी भइरहेको छ - हामीले ठग्ने र ठगिनेहरूको कथा खोतलेका छौं।
सँधै बिजुली:  लम्बियो दिन !
सँधै बिजुली: लम्बियो दिन ! अँध्यारोबाट हैरान उपभोक्ता लोडशेडिङ हटेपछि दङदास भइरहँदा नेपाल विद्युत् प्राधिकरण आम्दानीसँगै ऊर्जा खपत बढाउने सुरमा लागेको छ । नेपाललाई ३७५ मेगावाट विद्युत् अझै अपुग छ । पिक आवरको १२ सय ५० मेगावाट मागलाई प्राधिकरणको ३४६ मेगावाट, निजी क्षेत्रको १५० मेगावाट र भारतबाट आयात भइरहेको ३६० मेगावाटले धान्दैन ।पर्याप्त विद्युत् नहुँदा-नहुँदै पनि आम उपभोक्तालाई उज्यालोमा राखेको प्राधिकरणले उद्योगमा भने अहिले पनि चारघण्टा लोडशेडिङ कायम राखेको छ । प्राधिकरण वैशाख अन्तिम वा जेठ पहिलो सातापछि उद्योगहरूमा पनि लोडशेडिङ हटाउने गरी काम गरिरहेको छ । यही हो, अहिलेको प्राधिकरण नेतृत्वको खासियत ।