HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
चिनियाँ प्रभावको विस्तार लामो कालखण्डदेखि भारत निर्भर नेपाली अर्थतन्त्र चिनियाँ प्रभावको युगमा प्रवेश गर्दैछ।
नियामक सिध्याउने खेल मेडिकल कलेजको सिट निर्धारण– लगायतको अधिकार पाएको नेपाल मेडिकल काउन्सिललाई शक्तिहीन बनाउन मेडिकल माफियासँगै त्रिवि र केयूका अधिकारी पनि लागेका छन्।
गाउँका विद्यालयमा सेलिब्रिटी
गाउँका विद्यालयमा सेलिब्रिटी विभिन्न क्षेत्रमा दक्ष व्यक्तिलाई सरकारी विद्यालयसम्म पुर्‍याउने ‘कक्षाकोठामा एक दिन’ अभियानले विद्यार्थीमा ऊर्जा थपिरहेको छ। अमेरिकी राजदूत अलाइना बी. टेपलिजको २८ मंसीरमा बुद्ध माध्यमिक विद्यालय, टीकाभैरव, ललितपुरका कक्षा ९ का विद्यार्थीलाई पढाएपछिको भनाइ थियो, “एक दिनका लागि शिक्षक भएँ । तेज र प्रतिभाशाली नेपाली विद्यार्थीसँग अन्तरक्रिया गरें ।”  २९ मंसीरमा रामादेवी माध्यमिक विद्यालय, सिन्धुपाल्चोकका कक्षा १० का विद्यार्थीलाई पढाएर निस्केका गायक अमृत गुरुङको प्रतिक्रिया थियो, “शिक्षण पेशालाई आदर गर्छु, यो कठिन पेशा हो ।” २७ मंसीरमा चण्डेश्वरी माध्यमिक विद्यालय, सिम्ले, ललितपुर पुगेका साहित्यकार नयनराज पाण्डेले पढाइसँगै दैनिकी लेख्न हौस्याए । ‘आजैदेखि दैनिकी लेख्छौं’ विद्यार्थीले प्रतिबद्धता जनाए ।