सुदूरपश्चिममा पहिलोपटक प्लाज्मा थेरापी विधिबाट उपचार शुरू
सुदूरपश्चिम प्रदेशमा पहिलोपटक प्लाज्मा थेरापी विधिबाट कोरोना भाइरस संक्रमणको उपचार शुरू भएको छ। सेती प्रादेशिक अस्पतालको कोभिड वार्डमा रहेकी धनगढी उपमहानगरपालिका ५ की ५७ वर्षीया महिलालाई प्लाज्मा थेरापी विधिबाट उपचार शुरू गरिएको सेती प्रदेशिक अस्पतालका सूचना अधिकारी दिलिप सिंह विष्टले जानकारी दिए।
आमालाई जबरजस्ती करणी गरेको आरोपमा छोरा पक्राउ
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३० वर्षीय एक युवक, आमालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्। यौनजन्य हिंसा सहन नसकेर ५८ वर्षीया आमाले छोराबिरुद्ध जबरजस्ती करणी गरेको उजुरी दिइएको प्रहरीले जनाएको छ।