अलैंचीको प्रशोधन मंसीरदेखि नेपालमै हुने, झापामा बन्यो प्रशोधन उद्योग
नेपालमा उत्पादित अलैंचीको ठूलो हिस्सा प्रशोधनविना नै निर्यात गर्नुपरिरहेका वेला अब भने यसको प्रशोधन स्वदेशमै गरिने भएको छ। झापाको अर्जुनधारामा रु. ३ करोड लागतमा प्रशोधन उद्योग निर्माण भएसँगै आउँदो मङ्सीरबाट प्रशोधन गर्न सकिने भएको हो।
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आयो
पहिरो खसेपछि गएरातिदेखि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। दिउँसो ३ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको ट्राफिक प्रहरीले जनाएको छ।