कोरोना उपचारमा भद्रगोल व्यवस्थापन: कतै भर्ना नपाएर बिरामीको मृत्यु, कतै बिरामी नहुँदा आईसीयू-भेन्टिलेटर प्रयोगविहीन
कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौँ उपत्यकालगायत नेपालभर आईसीयू, भेन्टिलेटर र अस्पतालका आइसोलेसन वार्ड अभाव भएको भन्दै कतिपय अस्पताल भर्ना नलिँदा बिरामीको ज्यान समेत गएको छ। तर उपत्यकाकै जिल्ला भक्तपुरमा भने पर्याप्त मात्रामा आईसीयू र भेन्टिलेटर खाली रहेका भेटिन्छन्।
वैदेशिक रोजगारीका क्रममा आमाको मृत्यु, चार बालबालिकाको विचल्ली
वैदेशिक रोजगारीमा गएकी कैलालीको धनगढी–९ गौरीकटानकी ४६ वर्षीया गीतकुमारी पार्कीको उतै मृत्यु भएपछि गएको १२ असोजमा शव आइपुग्दा केटाकेटी अलमलिए। घरबेटीले आँगनमा शव राख्न नदिएपछि वडा नं.९ की वडा सदस्य शारदा ताम्राकारले आफ्नो घरतिर लैजान लगाइन्। केटाकेटी उतै लागे।